शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

विपिन जोशीको टाउकोमा गोली लागेको थियो : फरेन्सिक रिपोर्ट

मंगलबार, कार्तिक ४ २०८२

काठमाडौँ । विपिन जोशीको टाउकोमा गोली लागेर मृत्यु भएको इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा उल्लेख गरिएको छ । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ ।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । इजरायल र हामासबिच युद्धबिराम भएपछि विपिनको मृत्यु भएको पुष्टि भएको थियो ।

यसैगरी, आज महाकाली नदी किनारमा विपिनको अन्त्येष्टि गरिँदै छ । विपिनको अन्त्येष्टि अघि भीमदत्त नगरपालिकाबाट शवयात्रा सुरु भएको छ । शवयात्रा केही बेर अघि सुरु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार