काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीबारे आज सात राजनीतिक दलका नेतासँग छलफल गर्दै छिन्।
कार्कीले राष्ट्रिय मान्यता प्राप्त सात दलका २/२ जना प्रतिनिधिलाई छलफलका लागि बोलाएको उनको सचिवालयले जनाएको छ।
छलफल आज दिउँसो ४ बजेका लागि छलफल तय भएको छ। आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचन तयारीबारे प्रधानमन्त्रीले विभिन्न दलका नेतासँग अलग–अलग वार्ता तथा छलफल गर्दै आए पनि यसपटक भने उनले संयुक्तरुपमा दलका प्रतिनिधिसँग छलफल गर्न लागेकी हुन्।
प्रधानमन्त्रीले कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपासहितका दलका नेतासँग निर्वाचन तयारीको विषयमा छलफल गर्न लागेकी हुन्।