एजेन्सी । स्थानीय सञ्चारमाध्यमका अनुसार हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट एक कार्गो विमान चिप्लिएर समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ।
इमिरेट्सको उडान ईके ९७८८ को उक्त बोइङ स्थानीय समयअनुसार लगभग ०३:५० मा हङकङ आइपुगेको थियो। अवतरणका क्रममा उक्त जहाजले धावनमार्गको दक्षिणमा रहेको एउटा सवारी साधनलाई ठक्कर दिएको थियो।
त्यस क्रममा दुईजना ‘ग्राउन्ड स्टाफ’ समुद्रमा खसेका थिए। उनीहरूको दुर्घटनास्थलबाट उद्धार गरिएको भएपनि अस्पतालमा मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।