काठमाडौं । जेन–जीका अगुवा मिराज ढुङ्गानाले पार्टी खोल्ने भएका छन् ।
आगामी चुनावलाई लक्षित गर्दै उनले पार्टी खोल्ने घोषणा गरेका हुन् । तर, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीहरूले भोट हाल्न पाउने अधिकार र भ्रष्टाचार नियन्त्रणका लागि संयन्त्र बन्ने सुनिश्चित नभएसम्म निर्वाचनमा नजाने उद्घोष गरेका छन् ।
‘आमूल परिवर्तन ल्याउनलाई हामी अझ डटेर लाग्नेछौँ,’ उनले भने, ‘पूरै शान्तिपूर्ण रूपमा हामीले पार्टी गठनका लागि वार्ता समिति बनाएका छौँ ।’