शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

जितेन्द्र सोनलले लिए मधेश प्रदेशको मुख्यमन्त्री पदको शपथ

बिहिबार, असोज ३० २०८२

जनकपुरधाम । जितेन्द्र प्रसाद सोनार (सोनल) ले मधेश प्रदेशको मुख्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन्।

मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनलालई मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्।

सोनलसँगै जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव र एकीकृत समाजवादी पार्टीका कनिष पटेलले शपथ लिएका छन्।

बुधबार साँझ ५६ सांसदको समर्थनमा सोनल मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार