शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

बालेन र सुदन गुरुङविरुद्ध नेविसंघले दियो काठमाडौँ र ललितपुर प्रहरी परिसरमा जाहेरी

आइतबार, असोज २६ २०८२

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र ‘हामी नेपाल’ (एनजिओ)का संस्थापक सुदन गुरुङविरुद्ध प्रहरीमा थप जाहेरी परेको छ । नेपाली कांग्रेस निकट नेविसंघले आज काठमाडौँ प्रहरी परिसर र ललितपुर प्रहरी परिसरमा जाहेरी दिएको हो ।

भदौ २३ र २४ गतेको प्रदर्शनमा बालेन र सुदनले भीड उक्साएको कारण सरकारी तथा निजी सम्पतिमाथि तोडफोड, लुटपाट र आगजनी भएको नेविसंघको दावी छ । दुई जनालाई तत्काल पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउनुपर्ने जाहेरीमा उल्लेख छ । नेविसंघका केन्द्रीय सदस्यहरु अशोकसिंह विष्ट, विजय साह, मनिषजंग थापा लगायतका नेताहरु उजुरीकर्ता रहेको पत्रमा २४ घण्टाभित्र दर्तासम्बन्धमा जवाफ दिन प्रहरीलाई पनि आग्रह गरिएको छ ।

यसअघि नेकपा (एमाले) निकट अनेरास्ववियुले पनि बालेन र सुदनविरुद्ध जाहेरी दिएकोमा प्रहरीले जेनजी प्रदर्शनको घटनामाथि छानविन गर्न बनेको जाँचबुझ आयोगलाई पठाएको थियो । बालेन र सुदनविरुद्ध सिन्धुलीका युवराज पौडेल (सफल) ले पनि जाहेरी दिएका हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार