शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

डोटीमा ईभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, २१ जना घाइते

शनिबार, असोज २५ २०८२

डोटी । डोटीमा ईभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, अन्य २१ जना घाइते भएका छन् ।

अछामबाट धनगढी आइरहेको सुपप्र ०१-००१ ख ३९५६ नम्बरको गाडी जोरायल गाउँपालिका– २ स्थित भीमदत्त राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा अछामको मंगलसेन नगरपालिकाकी २२ वर्षीया हरिया परियारको मृत्यु भएको छ ।

घाइते २१ मध्ये एक जनाको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइतेलाई उपचारका लागि धनगढी ल्याइएको छ ।

गाडी अनियन्त्रित भएर आज बिहान दुर्घटना भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार