काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक आह्वान गरेको छ । बैठक असोज २४ गते बिहान ११ बजेका लागि बोलाइएको हो ।
महासचिव घनश्याम भुसालका अनुसार, बैठकमा समसामयिक परिस्थितिसहित विविध विषयमा छलफल हुनेछ । बैठकको स्थान भने पछि तय गरिने भुसालले जारी गरेको सूचनामा उल्लेख छ ।