शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

उदयपुरमा खोलाले कार बगायो

आइतबार, असोज १९ २०८२

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टारबाट सप्तरीको फत्तेपुरतर्फ जाँदै गरेको कार खोलाले बगाएको छ ।

६ जना सवार प्र३-०१-०२२ च २३१३ नम्बरको आइतबार बिहान चौदण्डीगढी– ४ मेजर चौतारामा पर्ने सुखासुन्दरी खोलाको कजवे पार गर्ने क्रममा बगेको हो । बगेर कार सडकबाट ५० मिटर पश्चिमतिर पुगेको छ ।

कारमा सवार सबै ६ जनाको सकुशल उद्दार गरिएको छ । आजै बिहान उदयपुरकै बेलका नगरपालिका– ४ मा सिसुवा खोलाको कजवेमा यात्रुबाहक हायस बग्दा एक महिलाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार