शान्तिमान कार्की
गणतन्त्र नेपाललाई आत्मनिर्भर अर्थतन्त्र र स्वतन्त्र परराष्ट नीति र भौगोलिक अखण्डता एवं राष्ट्रिय स्वाधीनताको दृष्टिले स्वतन्त्र र सबल भएको हेर्न नचाहने देशी विदेशी प्रतकृयावादी र साम्राज्यवादीहरुको षड्यन्त्रको उपज हो जेनजी आन्दोलन । छोटो समयको आन्दोलनले जुनरुपमा आकार ग्रहण गर्यो यो अस्वभाविक र असम्भव कुरा हो तर रसरकारलाई असहयोग र असफल पार्ने काममा राज्ययन्त्रका निकायहरुको संलग्नता अत्यन्तै अविश्वसनीय र संकास्पद देखिन्छ । यसै विषयमा संक्षिप्त विवेचना गर्नु सान्दर्भिक देखिन्छ ।
१.नेकपा (एमाले) अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा जारी गरिएको लिम्पियाधुरा,लिपुलेक र कालापानीको चुच्चे नक्सा के हुन्छ ?
२. दैलेखको पेट्रोलियम कारखाना,नवलपरासीको धौवादी फलाम कारखाना,सुनकोसी ( मरिणडाईभर्सन र सडक संजाललाई जनताको जीवन आधार बनाउने हुलाकी सडक,मदन भण्डारी र मध्य पहाडी लोकमार्ग जस्ता विकासका मेरुदण्डको भविष्य के हुन्छ।
३।भारतीय नाकावन्दीको अन्त्यको लागि उत्तरी छिमेकी देश चीन गरिएको वाणिज्य तथा पारवहन सन्धि अनुसार हामीले पाउने समुन्द्री मार्गको पहुच संगै ११ वटा नाकाबाट व्यापारिक नाका खोल्ने कुरा भविष्य के हुन्छ ?
४ .नेपाली जनताले सात दशक लामो संघर्ष गरेर संविधानसभा मार्फत बनाएको सम्बिधान(०७२ले प्रत्याभूत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अवस्था के हुन्छरु यी माथिका उपलब्धिहरुलाई देख्न नचाहने घोर प्रतिकृयावादी र दक्षिणपन्थी शक्तिको षड्यन्त्रको पराकाष्ठा नै जेन जी आन्दोलन हो। केही थान अपरिपक्व युवाहरुको नेतृत्वमा यत्रो विनासकारी आन्दोलन भयो भनेर जुन भाष्य खडा गरिदै छ,त्यो ऐतिहासिक तथ्य र सामजिक राजनीतिक सिद्धान्त विपरीत छ।यसमा पर्दा पछाडिको लामो तयारी बारे सरकारले अलिकति पनि सुईको नपाउनुले यसमा कस्ता कस्ता शक्तिहरुको चलखेल र संलग्नता छ भन्ने प्रष्ट हुन्छ।
५।ठुला राजनीतिक दल र त्यसको मुख्य नेतृत्व विरुद्धको प्रहारबाट सुरु गरिएको जेनजी आन्दोलनले अस्थिरतावादी शक्तिहरुको अग्रमोर्चाको रुपमा काम गर्दैछ।उनिहरुको अबको योजना भनेको नेपालको बहुभाषिक ,बहु(सांस्कृतिकरबह जातीय संरचनामा मिलेर बसेका जातजातिको बिचमा फाटो पैदा गर्ने र देशलाई गृहयुद्ध धकेलेर खासगरि पहाडी र मधेसी जनताको बिचको साम्प्रदायिक सद्भावलाई बिथोलेर दंगा भड्काउने तयारीमा लागेको प्रष्ट देखिन्छ ।
जेनजी आन्दोलनका नेतृत्वको माग र नाराको आधारमा देश चल्दैछ भन्ने भाष्यको पृष्ठभूमिमा बनेको सरकारकै नेतृत्वमा यसणतो गम्भिर षडयन्त्र हुदैछ।
६. निष्कर्ष स्उपरोक्त सबै घटनाक्रमहरुको सुक्ष्म विश्लेषण गरेर मुलधारका राजनीतिक शक्तिहरु खास गरि नेकपा (एमाले) र नेपाली कांग्रेसले साझा सवालमा मिल्न सक्ने सबै गणतन्त्रवादी शक्तिलाई एकताबद्ध बनाएर तत्कालै साझा राजनीतिक मोर्चाको निर्माण गर्नु पर्छ।यसमा जति ढिलाइ गर्यो उतिनै गणतन्त्र र संघीयताको विरुद्धमा भ्रम फैलाउने र भाषा,संस्कृति र जाजजातीको बिचमा एकापसमा लडाउने षड्यन्त्रको तीखो दुर्गन्ध फैलाउने काममा जेनजी शासकहरु लागिपरेका छन्। यसको मुख्य कमाण्ड सम्हाल्ने शक्तिलई राजनीतिको कखरा बुझ्ने सबैलाई थाहा भईसकेको कुरा हो।