शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

ह्वाइट हाउसमा हुने गाजा शान्ति वार्तामा नेतान्याहुलाई दबाब दिने ट्रम्पको घोषणा

सोमबार, असोज १३ २०८२

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सोमबार ह्वाइट हाउसमा गाजा शान्ति सम्झौता गर्ने उद्देश्यले उच्चस्तरीय वार्ताका लागि स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

गत हप्ता अरब र मुस्लिम नेताहरूसँगको वार्ता पछि युद्ध अन्त्य गर्ने, बन्धक मुक्त गर्ने र प्यालेस्टिनी उग्रवादीहरूलाई निशस्त्र बनाउने सम्झौता प्रभावकारी रूपमा सम्पन्न भएको ट्रम्पले सामाजिक सञ्जाल मार्फत बताउनु भएको छ ।

द टाइम्स अफ इजरायल र अमेरिकी समाचार वेबसाइट एक्सियोसका अनुसार ट्रम्पको योजनाले तत्काल युद्धविराम, इजरायली सेनाको फिर्ती र बन्धकहरूलाई ४८ घण्टा भित्र रिहा गर्न आह्वान गरिएको छ ।

त्यस पछि इजरायलले १,००० भन्दा बढी प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने तयारी गरेको जनाइएको छ ।

तथापि, नेतान्याहू भने गाजा सहरमा इजरायली सैन्य आक्रमण रोक्न तयार नभएको जनाइएको छ ।

गत जनवरीमा ट्रम्पको शासनकाल सुरु भए पछि नेतान्याहुको यो चौथो ह्वाइट हाउस भ्रमण हो ।

गाजामा बन्दी बनाइएका इजरायली बन्धकहरूका परिवारले ट्रम्पलाई आफ्नो गाजा प्रस्तावलाई समर्थन गर्न खुला पत्र मार्फत आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार