शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

व्यावसायिक वातावरण पुनरुत्थानका लागि शान्तिसुरक्षा पहिलो शर्त : अध्यक्ष ढकाल

बिहिबार, असोज ९ २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले शान्तिसुरक्षाबिना व्यावसायिक वातावरण पुनरुत्थान गर्न नसकिने बताएका छन् ।

बुधबार विराटनगर भन्सार कार्यालयमा भन्सार जाँच पासमा स्वचालित मुल्याङ्कन प्रणाली उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यावसायिक वातावरण पुनरुत्थानका लागि शान्तिसुरक्षा पहिलो शर्त भएको धारणा व्यक्त गरेका हुन् ।

गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा भएको घुसपैठबाट व्यापक तोडफोड एवम् आगजनीका घटनाले सरकारी तथा निजी उद्योग प्रतिष्ठान तथा व्यक्तिगत सम्पत्तिमा अकल्पनीय क्षति भएको चर्चा गर्दै अध्यक्ष ढकालले उक्त घटनाबाट आम मानिस तथा उद्योगी व्यवसायीको मनोबल कमजोर बनेको बताए ।

‘त्यो घटनापछि उद्योगी व्यवसायीको मनोबल कमजोर भएको छ । लगानीको लागि उच्च मनोवल चाहिन्छ । मनोबल उकास्न शान्तिसुरक्षा चाहिन्छ,’ उनले भने, ‘भ्रष्टाचार नियन्त्रण, शुसासन, मुलुकमै रोजगारीको अवसरको सिर्जना, राजस्वको सदुपयोग जस्ता युवाहरुको चाहना, निर्वाधरूपमा पेसा–व्यवसाय गर्ने अधिकारको सुनिश्चितता र लगानी एवम् रोजगारी प्रवर्द्धनको कारणले मात्र सम्भव हुने भएकाले त्यसका लागि उपयुक्त वातावरण सिर्जना गर्न आवश्यक छ ।’

अध्यक्ष ढकालले जेनजी आन्दोलनपछि क्षति भएका पूर्वाधार निर्माणमा सरकारले स्रोत सङ्कलनलाई आह्वान गरेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० को रकम ल्याउन सकिने तर सीएसआरको रकम खर्च लेख्न पाउने व्यवस्था आवश्यक रहेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार