सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल मगर संघ मलेसियाको ९औं अधिवेशन १९ अक्टोबरमा

आइतबार, असोज ५ २०८२

दिनेश खड्का ‘खप्तडी’

मलेसिया । नेपाल मगर संघ मलेसिया, क्षेत्रीय समिति पेनाङले ९औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम आउँदो अक्टोबर १९, आइतवार पेनाङस्थित सनसाइन स्क्वायर, बायान बारुमा सञ्चालन हुने संघले जनाएको छ।

संघका अनुसार कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समितिका सह–अध्यक्ष ज्ञान बहादुर थापा मगर प्रमुख अतिथिका रूपमा रहनेछन्। साथै, सांस्कृतिक प्रस्तुतिका लागि नेपालबाट गायिका उर्मिला पुलामी मगर र मोडेल विजय पुन सहभागी हुने तय भएको छ।

पेनाङ समितिका अध्यक्ष विरस पुन मगरले मलेसियामा रहेका विभिन्न संघ–संस्था, सञ्चारमाध्यम, व्यवसायी तथा समुदायका प्रतिनिधिहरूलाई निमन्त्रणा गरिएको जानकारी दिए। उनका अनुसार अझै निमन्त्रणा नपुगेकाहरूलाई समेत कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ।

यस्तै संघले अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार