काठमाडौं(जस)–नेपाल एयरलाइन्सले आगामी असोजबाट चीनको ग्वाङझाउमा उडान गर्ने बताएको छ । एयरलाइन्सले असोज ९ (सेप्टेम्बर २५) देखि काठमाडौं–ग्वाङझाउ–काठमाडौं उडान गर्न लागेको हो । यस रुटमा अहिले चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान गरिरहेको छ ।
नेपालबाट भने हिमालय एयरलाइन्सले यो रूटमा नियमित उडान गरिरहेको छ । नेपाल एयरलाइन्सले पहिलो पटक यो गन्तव्यमा उडान गर्न लागेको हो । एयरलाइन्सले असोज ९ र १२ गते ’प्रवद्र्धन उडान’ गर्ने र कार्तिकबाट नियमित उडान गर्ने एयरलाइन्सका प्रवक्ता मनोज कुमार शाहले जानकारी दिए । उनका अनुसार एयरलाइन्सले आइतबार, बिहीबार र शनिबार गरी सातामा तीन उडान गर्नेछ ।