शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

म्याग्दी प्रवासी नेपाली संघ, मलेसियाको तेस्रो अधिवेशन सम्पन्न

सोमबार, भाद्र ३० २०८२

दिनेश खड्का ‘खप्तडी’

क्वालालम्पुर । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति, मलेसियाको तेस्रो अधिवेशन आइतबार क्वालालम्पुरमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि एनआरएनए मलेसियाका अध्यक्ष ईन्द्र नारायण लिम्बू रहनुभएको थियो। मलेसियामा क्रियाशील विभिन्न नेपाली संघ–संस्था, समाजका प्रतिनिधि तथा समुदायको बाक्लो उपस्थिति रहेको थियो।

म्याग्दी जिल्लाको मौलिक कला–संस्कृति झल्किने प्रस्तुति मार्फत कार्यक्रममा स्थानीय कलाकारहरुले गीत, नृत्य प्रस्तुत गरि उपस्थिति अतिथि हरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए।

यसैगरी अधिवेशनले प्रकाश केसी को अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ। जसको वरिष्ठ उपाध्यक्षमा सन्तोष सरगम खाती, उपाध्यक्षमा संजय साही र जोगलाल पुन रहनुभएको छ।

महासचिवको जिम्मेवारी केश रोका मगरले पाउनुभएको छ भने सचिवमा बिकास रोका र सह–सचिवमा टोकनाथ रिजाल निर्वाचित हुनुभएको छ। कोषाध्यक्षमा दुर्गा रोका मगर, सह–कोषाध्यक्षमा मिलन बोहोरा र महिला उपाध्यक्षमा रेजिना गुरुङ चयन हुनुभएको छ। त्यस्तै कार्यसमिति सदस्यमा आकाश वर्देवा, बिकास बोहरा, दिनेश घर्ती, बिकास श्रीपाली, लोक बहादुर बोहरा र जय बहादुर शिरीष मगर चयन भएका छन्।

कार्यक्रममा वक्ताहरूले प्रवासी नेपालीबीच एकता र सहकार्यलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले म्याग्दी समाज मलेसियाले देखाएको एकताले भविष्यमा अझ धेरै सकारात्मक उदाहरण स्थापित गर्ने विश्वास व्यक्त गरेका थिए। नयाँ नेतृत्वलाई बधाई दिंदै अतिथिहरूले सामाजिक तथा सांस्कृतिक कार्यमार्फत नेपाली पहिचानलाई मलेसियामा झनै सबल बनाउन शुभकामना व्यक्त गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार