काठमाडौं । चुच्चेपाटीस्थित भाटभटेनीभित्र आज (आइतबार) बिहान ६ वटा शव भेटिएका छन्।
जलेको अवस्थामा ६ वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । ‘भवनको माथिल्लो तलामा ६ वटा मानव कंकाल भेटिएका छन्, अझै खोजी जारी छ’, एक प्रहरी अधिकारीले भने ।
जेनजी आन्दोलनका क्रममा उक्त भाटभटेनीमा तोडफोड र आगजनी भएको थियो। त्यस क्रममा उनीहरू जलेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।