सिरहा । सिरहामा कफ्र्यु आदेश जारी भएपनि प्रदर्शन हुने सूचना पाएपछि नेपाली सेनाले चेकजाँचसहित सुरक्षामा कडाइ गरेको छ ।
अत्यावश्यक काम वाहेक मानिसहरुलाई सडकमा हिड्न समेत मनाही गरिएको छ । जिल्ला प्रशासनले मंगलबारदेखि नै जिल्लाका चारवटा नगरपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।
