आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

काठमाण्डौको माइतीघर क्षेत्रमा नेपाली सेनाको सुरक्षा जाँचमा कडाइ

बिहिबार, भाद्र २६ २०८२

काठमाण्डौ – काठमाण्डौको माइतीघर क्षेत्रमा नेपाली सेनाले सुरक्षा जाँचमा कडाइ गरेको छ । पैदल हिँडडुलमा समेत रोक लगाउँदै सेनाले कडाइका साथ सुरक्षा जाँच गरिरहेको हो ।

‘संविधान बचाउ’ भन्दै केही युवाले प्रदर्शनको तयारी गरेको सूचनापछि सेनाले कडाइ गरेको हो । अत्यावश्यक सेवाका गाडीलाई रोकतोक नभए पनि अन्यलाई प्रवेश दिइएको छैन ।

हिजो युवाहरूको केही समूहले माइतीघरमा प्रदर्शन गर्ने भन्दै ब्यानर सार्वजनिक गरेका थिए । त्यही आधारमा सेनाले कडाइ गरेको हो । माइतीघरमा प्रदर्शनमा कडाइ गरेपछि केही युवाहरूले आसपासका क्षेत्रमा कडाइ तथा साङ्केतिक विरोध प्रदर्शन गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार