सबिता नयाँजू
काठमाडौं । नेपालभर भदौ २३ गतेबाट सुरु भएको जेन–जी पुस्ताको आन्दोलनका क्रममा सरकारी एवम प्रशासनिक संरचनाहरुमा आगजनी भएपछि अवस्था अस्तव्यस्त छ । सरकार विरोधी आन्दोलनले मुलुकभर अस्थिरता ल्याएको छ । सर्वसाधारणहरुले असुरक्षित महशुस गर्न थालेका छन् ।
राजधानी काठमाडौँसहित विभिन्न सहरमा भएको प्रदर्शन हिंसात्मक बनेपछि हालसम्म ३३ जनाको ज्यान गएको र सयौं घाइते छन् ।
सरकारी कार्यालयदेखि प्रहरी चौकीसम्ममा आगजनी र तोडफोड भएपछि देशमा सुरक्षाको रिक्तता बढ्दै गएको छ र प्रहरी, प्रशासन तथा नेतृत्वविहीन अ