काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश, असामान्य परिस्थिति र विमानस्थल वरिपरि देखिएको बाक्लो धुँवाले सुरक्षा चुनौती थपिएको कारण विमानस्थल तत्कालका लागि बन्द गरिएको जनाएको छ।
प्राधिकरणका अनुसार अर्को सूचना जारी नभएसम्म उडान र अवतरण हुन नपाउनेछ। यात्रुहरूलाई अनावश्यक रूपमा विमानस्थल नआउन आग्रह गरिएको छ। विमानस्थल खुल्ने सूचना पाएपछि मात्र सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी यात्राको तयारी गर्न अनुरोध गरिएको छ।