शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

ट्राफिक प्रहरी महाशाखाका सम्पूर्ण सामग्री आन्दोलनकारीबाट चोरी

बुधबार, भाद्र २५ २०८२

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौं बगीखानामा मंगलबार आन्दोलनकारीहरुले कार्यालयमा रहेका सामग्रीसहित प्रहरीका लत्ताकपडा समेत चोरी भएको छ ।

बुधबार एक प्रहरीले नेपाल न्यूज बैंकसँग कुरा गर्दै कार्यालयमा रहेको मोटरबाइक, ल्यापटप, खाद्यन्नलगायतका सम्पूर्ण सामग्री चोरी भएको बताए ।

उनले भने, ‘हाम्रो अफिसमा रहेको ल्याबटपलगायत सबै सामग्री लगेका छन् । सिभिलमा लगाउने नयाँ कपडाहरु सबै लगे । यहाँ भएका बाइकहरु व्यक्तिका थिए, स्टाफहरुको पनि थियो । सबै लिएर गए । मेरो बाइक पनि थियो लिएर गए । भवनभित्रका सामान केही छैन, सबै लगे । व्यक्तिगत सामानहरु छानीछानी लगे ।’

उनले आफूहरु बसेको कोठाको सामग्री चोरी हुँदा डिउटीमा रहेको पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार