शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

प्रचण्ड निवासमा आगजनी

मंगलबार, भाद्र २४ २०८२

ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । ललितपुरको खुमलटारमा रहेको उनको निवासमा ढुंगामुढा भएको हो । सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् ।

ललितपुरका एसपी चक्र जोशीले दिएको जानकारीअनुसार अहिले प्रचण्ड निवासमा ढुंगामुढा भएको जानकारीपछि प्रहरीको टोली परिचालन गरिएको छ ।

घरका सबै सिसा फुटेका छन् । प्रचण्ड भने बिहानै घरबाट विपक्षी दलको बैठकमा सहभागी हुनका लागि बाहिरिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार