काठमाडौं । सत्तारूढ नेकपा (एमाले)को पार्टी कार्यालय च्यासलनजिक आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सी भएको छ ।
सोमबार जेनजी पुस्ताको आन्दोलनका क्रममा एमालेको पार्टी कार्यालयनजिक प्रदर्शनकारी पुगेको हो । हाल आन्दोलनकारी एमाले कार्यालय घेर्ने प्रयासमा छन्।
“प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सी चलिरहेको छ,” एमाले कार्यालय स्रोतले भन्यो ।