मलेसिया,गैरआवासीय नेपाली संघ एनआरएनए
मलेसियाको नवौं अधिवेशन अगस्ट ३१ मा होटल ग्रान्ड कन्टिनेन्टल मलेसियामा हुने भएको छ । अधिवेसनको दिन नजिकिएसङ्गै उम्मेद्बारहरुले आ-आफ्नो उम्मेद्बारी दर्ता गराउन थालेका छ्न । बिगतका कार्यसमिति हरुमा रहेर लामो अनुभव र कर्यकौसलता भएका सबै उम्मेद्बार हरु आफ्नो उम्मेद्बारीको दावा गर्दै उम्मेद्बारी दर्ता गरिरहेका छ्न ।
गैरआवासीय नेपाली संघ मलेसियाको स्थापना काल देखिनै विभिन्न पदिय जिम्मेवारी लिदै सस्थाको लागि थुप्रै काम गरिसकेका इन्द्र नारायण लिम्बूले २०२५ – २०२७ कार्यकाल को लागि अध्यक्ष पदमा को उम्मेद्बारी दिनुभएको छ ।
दुई दसक भन्दा लामो समय देखि मलेसियामा रहेर व्यावसाय गर्दै आएका इन्द्र नारायण लिम्बू आफुलाइ अब्बल उम्मेद्बारको रुपमा चिनाउन सफल छ्न। मलेसिया बसाइको क्रममा अध्यक्ष आकाङ्क्षी इन्द्र नारायण लिम्बूले देशमा परेका बिपतका समयमा र मलेसियामा रहेका श्रमजीवी बर्गका समस्या सुल्झाउन थुप्रै कामहरु गरिसकेका भएकोले २०२५ – २०२७ कार्यकाल को लागि अध्यक्ष पदमा सम्बाहक गतिलो दाबेदार उम्मेद्बार को रुपमा हेरिएको छ ।
सामाजिक सद्भाव मीलाप र श्रमिकका समस्या हल गर्न आफुले तयार गरेको कार्यनीति आफ्ना एजेन्डाहरु मा समेटेर आफू छिटै सार्वजनिक गर्ने तयारीमा रहेको बताउदै सबैलाइ आफ्नो पक्षमा मत जायर गर्न समेत अध्यक्ष पदमा को उम्मेद्बार इन्द्र नारायण लिम्बूले अपिल गरेका छ्न ।
उक्त अधिवेशनका लागि नेपाल लगाएत विश्वबाट अतिथीहरु,कलाकारहरु र संचारकर्मीहरु आउने एनआरएनए मलेसियाले जनाएको छ ।
