बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

नेपाली सेना र सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुल्यो

शुक्रबार, भाद्र ६ २०८२

काठमाण्डौ । नेपाली सेना र सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ । नेपाली सेनाको अधिकृत पदमा नयाँ भर्ना खुलेको छ । भर्ना छनोट निर्देशनालयले आज सार्वजनिक गरेको सूचना अनुसार अधिकृत क्याडेट पदमा दुई सय ८० जनाका लागि भर्ना खुलेको हो । खुलातर्फ एक सय ४६ जना र सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ जनाको लागि कोटा छुट्याइएको छ ।

यसैगरी महिलाका लागि २४ जना, आदिवासी जनजातिका लागि ३८ जना, दलितका लागि १८ जना र पिछडिएको क्षेत्रका लागि छ जनाको आरक्षण छुट्याइएको छ । दरखास्त दिने म्याद असोज चार गतेसम्म रहेको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बलमा पनि नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी जवान सहितका विभिन्न पदमा आठ सय ४६ जनाका लागि भर्ना खुलेको हो । जवान पदका लागि मात्रै सात सय ८६ जनाका लागि भर्ना खुलेको सशस्त्र प्रहरी बल प्रहरी प्रधान कार्यालयले जनाएको छ । आवेदन आउँदो एक महिनासम्म दिन सकिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार