काठमाडौं । शिक्षा विधेयकको विरुद्धमा नेपाल शिक्षक महासङ्घले सडक आन्दोलन गर्ने भएको छ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै महासङ्घले भदौ ११ गतेदेखि देशभर सडक आन्दोलन सुरु गर्ने घोषणा गरेको हो।
पत्रकार सम्मेलनमार्फत महासङ्घले प्रस्तावित शिक्षा विधेयक शिक्षकविरोधी भएको आरोप लगाउँदै विधेयक तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ।