सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा

शुक्रबार, भाद्र ६ २०८२

लुम्बिनी । लुम्बिनी प्रदेश सरकाले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले  सुचना निकालेर सार्वजनिक बिदा दिने  जनाएको छ । यो पर्वमा थारू समुदायका पुरुषहरू निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने प्रचलन छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार