आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

क्यान्सरबाट पीडित राम (छिरिङ) तामाङको उपचारका लागि सहयोगको अपिल 

बिहिबार, भाद्र ५ २०८२

अमेरिका । क्यालिफोर्नियाको माउन्टेन भ्युमा स्थायी रूपमा बसोबास गर्दै आएका ३७ वर्षीय राम (छिरिङ) तामाङ अहिले आफ्नो जीवनको सबैभन्दा कठिन संघर्षसँग जुध्दै छन्।

Stage 4 क्यान्सरको अन्तिम चरणमा पुगेका राम अहिले Stanford Hospital, Palo Alto मा उपचाररत छन्।

सधैं अरूका लागि अघि सर्ने व्यक्ति, आज आफैं संघर्षमा राम तामाङको नाम माउन्टेन भ्युको नेपाली र बहुसांस्कृतिक समुदायमा निकै सम्मानकासाथ लिइन्छ। कहिल्यै पनि अरूलाई सहयोग गर्न पछि नपर्ने, कुनै पनि साथी वा छिमेकीलाई समस्या पर्दा सधैं अगाडि सर्ने राम अहिले आफैंलाई जोगाउन, बाँच्छु कि मर्छु भन्ने जीवन–मरणको दोसाँधमा छन्।

परिवारमा एकपछि अर्को संकट पाँच वर्षअघि आमाको अचानक हृदयघातका कारण मृत्यु हुँदा राम भावनात्मक रूपमा बिचलित भए। तर आफ्नो कर्तव्य सम्झिँदै, उनले श्रीमती चाँदनी लामा र दुई बालबालिकाको लागि आफ्नो जीवनको दिशा मजबुत बनाउने निर्णय गरे।

धेरै संघर्ष र मेहनतपछि उनले माउन्टेन भ्युमा घर किन्ने सपना पुरा गरे। श्रीमती चाँदनीसँग मिलेर दुई सन्तान ६ वर्षीय छोरा रोमिन र २ वर्षीया छोरी जस्मिनलाई राम्रो भविष्य दिनका लागि उनीहरूले दुई शिफ्ट काम गरे, हरेक सपना साकार पार्न।

तर दुर्भाग्यवश, सन् २०२४ मा रामलाई अस्वस्थ महसुस हुन थाल्यो। जाँच गर्दा क्यान्सरको प्रारम्भिक संकेत देखा पर्यो। समयमै उपचार सुरु गरिए पनि, रोग रोक्न सकिएन। थप जाँच र उपचारपछि उनी Stage 4 को अवस्था (अत्यन्त गम्भीर) मा पुगे। विगत एक वर्षदेखि रामले कीमोथेरापी, इम्युनोथेरापी, र अन्य महँगा उपचार लिंदै आएका छन्।

उनको स्थिति अहिले पनि गम्भीर नै छ। आर्थिक भारले परिवार थिचिएको अवस्था श्रीमती चाँदनीले श्रीमानको उपचार र सेवाका लागि आफ्नो जागिर छोड्नुपर्यो।

घरको मासिक खर्च, गाडी, बालबालिकाको हेरचाह, स्कूल खर्च, दैनिकी खर्च, अनि बीमा नलेखिएको उपचार खर्च यी सबै जिम्मेवारीले परिवारलाई आर्थिक रूपमा निकै कमजोर बनाएको छ। रामको दीर्घकालीन उपचारका लागि आवश्यक रकम सयौं हजार डलरमा पुग्न सक्छ। हाल उनीहरूको सबै बचत सकिएको छ ।

क्रेडिट कार्डको ऋण पनि बढ्दै गएको छ। समुदायबाट सुरु गरिएको सहयोग अभियान यस्तो विषम परिस्थितिमा राम र उनको परिवारलाई सहयोग पुर्याउने उद्देश्यले साथीभाइ, आफन्त र समुदायका अभियन्ताहरू मिलेर GoFundMe मार्फत आर्थिक सहयोग अभियान सुरु गरिएको छ। Help Ram’s Family Fight Stage 4 Cancer, Support Kids Future.

“आज उनीहरूको पालो हो — हामी साथ दिऊँ” रामले सधैं अरूको पीडा बुझ्ने काम गरे, आज उनको आफ्नै परिवार पीडामा छ। साना छोराछोरीको भविष्य अध्यारो नहोस्, चाँदनीले श्रीमानको उपचारसँगै जीवनको अर्को यात्रा सुरु गर्न सकून् भन्ने उद्देश्यका साथ हामी सबैलाई सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। राम, चाँदनी, रोमन र जस्मिन तपाईंको माया र साथका पर्खाइमा छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार