सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राजगढ गाउँपालिकाका वडा अध्यक्ष साहको निधन

बुधबार, भाद्र ४ २०८२

राजविराज । राजगढ गाउँपालिका– ५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ । अर्बुद रोगबाट पीडित उहाँको उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताउनुभयो ।

जनता समाजवादी पार्टीबाट निर्वाचित उहाँ तीन वर्षदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँका दुई छोरा र तीन छोरी हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार