शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

शिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पा सहित १२ जना विरुद्ध मुद्दा दायर

सोमबार, भाद्र २ २०८२

काठमाडौं । नेपाल चीन सीमापार व्यापार गर्ने संस्था शिल्क ग्रुप विरूद्ध मुद्ध दायर भएको छ ।

तातोपानी नाका हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको विद्युतीय चुरोट (भेप) को अर्बौं राजस्व छली गरेको आरोपमा शिल्क ग्रुप प्रालिका अध्यक्ष रमेश शेर्पासहित १२ जनाविरुद्ध मुद्दा दायर भएको हो ।

शिल्क ग्रुपविरुद्ध विभागले १ अर्ब ७४ करोड ६२ लाख ४७ हजार बिगो र कैद सजायको मागसहित जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको हो ।

भन्सार छलेर ल्याएको अवस्थामा २०८१ पुस २२ गते ललितपुरको महालक्ष्मी-४ बाट ८६ हजार ४ सय थान भेप विभागले बरामद गरेको थियो । अनुसन्धानको क्रममा राजश्व समेत अवैध कारोबार गर्दे आएको तथ्य र प्रमाण भेटिएपछि अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

भेप बरामदपछि राजश्व अनुसन्धानले ललितपुरको बालकुमारीमा रहेको शाखा कार्यालय र काठमाडौंको नक्सालस्थित कर्पोरेट कार्यालयमा छापा मारेको थियो ।

झण्डै साढे ५ महिनाको अनुसन्धान पछि शिल्कले भेपमात्रै नभई अन्य सामग्रीमा करोडौ राजश्व छलेको प्रमाण भेटिएकाले मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

सिल्कले भेप राख्न प्रयोग गरेको गोदामका सञ्चालक महेशप्रसाद पाठक र सिल्ककै कर्मचारी सन्तोष पराजुलीलाई मतियारका रुपमा मुख्य अभियुक्तभन्दा आधा सजाय माग गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार