शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सुनको भाउ तोलामा एक सय रुपैयाँले घट्यो

बुधबार, साउन २८ २०८२

काठमाण्डौ । आज सुनको भाउ सामान्य घटेको छ । सुनको भाउ एक सय रुपैयाँले घटेर तोलाको एक लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ २० रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय २५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय पाँच रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार