सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

मंगलबार, साउन २० २०८२

काठमाण्डौ, २० साउन । बाग्लुङको काठेखोला गाउँपालिका–६ ताराखसेमा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको सडकमा आवतजावत अवरुद्ध हुँदा गएरातिदेखि नै लामो तथा छोटो दूरीका गाडी चल्न सकेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार सडकमा लेदोसहितको पहिरोले पश्चिम बाग्लुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बाग्लुङबाट पोखरा, काठमाण्डौलगायतका ठाउँमा जाने गाडीहरू रोकिएका छन् ।

अहिले सडक खुलाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार