शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

ईश्वर पोखरेल एमालेको कार्यवाहक अध्यक्ष

सोमबार, साउन १९ २०८२

काठमाडौं, १९ साउन । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन् ।

ओली तुर्कमेनिस्तानमा हुने भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन गए राति (साउन १८) त्यसतर्फ प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गरेका एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिए ।

उनका अनुसार, एमाले विधान, २०४९ (संशोशन २०७८) को धारा २१ को उपधारा (२) बमोजिम वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । उक्त धारामा अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षले अध्यक्षको काम गर्ने उल्लेख छ । प्रधानमन्त्री ओली यही साउन २३ गते राति स्वदेश फर्कन कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार