शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

गुल्मीको मुसिकोटमा गोठ भत्किँदा पाँच पशुचौपाया मरे

सोमबार, साउन १९ २०८२

गुल्मी, १९ साउन । गुल्मीको मुसिकोट नगरपालिका–१, रगनाम बस्ने ६६ वर्षीय जयबहादुर थापाको गोठ भत्किदा पाँच पशुचौपाया मरेका छन् । वर्षाका कारण थापाको ढुङ्गा माटोले बनेको टिनले छाएको दुईतले कच्ची गोठ भत्किएको छ ।

गोठमा रहेका तीन गाई, एक बाच्छा र एक बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए। पौदी अमराई प्रहरी चौकी गुल्मीबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरी नेतृत्वको टोलीले घटना मुचुल्का गरिरहेको सारुले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार