शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच भुक्तानीसम्बन्धी कार्य गर्न समझदारी

आइतबार, साउन १८ २०८२

काठमाडौं(जस)–महालक्ष्मी विकास बैंक र भारतको एचडीएफसी बैंकबीच सीमा–पार वित्तीय सेवालाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य गर्न समझदारी भएको छ । समझदारी अन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहका लागि भारतबाट नेपालमा भुक्तानी गर्ने मिल्ने प्रणालीे सञ्चालनमा ल्याएको हो । दुवै बैंकले सम्पुर्ण प्रक्रियागत कार्य गरी परिक्षण कारोबार समेत गरिसकेका छन् ।
यस अन्तर्गत महालक्ष्मी विकास बैंकको एचडीएफसी बैंकले प्रयोग गर्दै आइरहेको अत्याधुनिक क्यास म्यानेजमेन्ट सेवा अन्तर्गत सिएमएस चेक कलेक्सन र इलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट सेवामा पहुँच प्राप्त हुनेछ । यसले कुनै पनि व्यक्ति वा संस्थाले भारतबाट विभिन्न इलेक्ट्रोनिक माध्यमहरु जस्तै नेशनल इलेक्ट्रोनिक फण्ड ट्रान्सफर, रियल टाईम ग्रस सेटलमेन्ट र फण्ड ट्रान्सफर को प्रयोग गरी भारतको एचडीएफसी बैंक मार्फत नेपालमा रहेको महालक्ष्मी विकास बैंकको खातामा सिधै रकम जम्मा गर्न सक्नेछन् ।
साथै भारतमा रहेका अन्य बैंकहरुको चेक जम्मा गरेर समेत नेपाल पैसा पठाउन सकिनेछ । एचडीएफसी बैंकसँगको सम्झौतासँगै नेपाल र भारतबीचको बैंकिङ्ग सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमा–पार व्यापार र रेमिटयान्समा संलग्न ग्राहकलाई सहज, प्रभावकारी र प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार