शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

श्रीकृष्ण र शान्तारानीको नखरामा जुना, रविन र सरिताको रोमान्स

शनिबार, साउन १७ २०८२

काठमाडौं(जस)–गायक श्रीकृष्ण आले र गायिका शान्तारानी परियारको स्वर रहेको नखरा बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । रबिन सिंहको शब्द संगीत, बिमल छिनालको एरेन्ज, मिक्सिगं तथा मास्टरिगं रहेको छ। पछिल्लो पुस्ताकी लोकप्रिय मोडल जुना कार्की, रविन शाह र सरिताको बेजोड अभिनय रहेको छमछम नचाउने शैलीको गीतको रिलिजसँगै चर्चा चुलिएको छ ।
जसको कोरियोग्राफी र निर्देशन रविन शाहले गरेका छन् । निर्देशक शाहले नखरामा सुन्दरी मोडलद्धय जुना र सरितालाई बोल्ड लुक्समा देखाएका छन् । जसको चर्चा सांगीतिक बजारमा भइरहेको छ । राजेश घिमिरेको छायांकन रहेको गीतको सम्पादन तथा कलर दीपक विष्टले गरेका हुन् । भिडियो गायक श्रीकृष्ण आले स्वयमको अफिसियल च्यानलबाट बजारमा आएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार