सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन सकेन : झलनाथ खनाल

शुक्रबार, साउन १६ २०८२

काठमाडौं १६ साउन । पूर्वप्रधानमन्त्री एव्म नेकपा (समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएका छन् ।

जतिबेला यो पार्टी विग्रह वा विभाजन गरियो नि त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु म’, खनालले भनेका छन्, ‘एमालेमा जुन विद्रोह गरियो त्यो विद्रोह पुष्टि नै भएन अहिलेसम्म । पुष्टि नहुनुको अर्थ गलत गरियो ।’

एमालेमा फर्कने प्रश्नमा भने खनालले चार सर्त राखेका छन्

इमेज टेलिभिजनको अन्तर्वार्तामा खनालले एमाले विभाजन गलत रहेछ भन्ने ठाउँमा पुगेको बताए ।

यद्यपि एमालेमा फर्कने प्रश्नमा भने खनालले चार सर्त राखेका छन् । माक्र्सवाद–लेनिवाद मार्गदर्शक सिद्धान्त, २०६२र०६३ सालमा पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भइकाले समाजवादी क्रान्तिमा जानुपर्ने निष्कर्ष, जबज छोडेर समाजवादी कार्यक्रम र वैज्ञानिक समाजवादलाई लक्ष्य मान्ने सर्तमा एमाले फर्कने उनले बताएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार