सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

३१.५० अङ्कले ओरालो लाग्यो सेयर बजार

बिहिबार, साउन १५ २०८२

काठमाण्डौं, १५ साउन । सेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । हिजो ४७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ५० अङ्कले ओरालो लागेर २ हजार ९ सय २२ दशमलव ६३ विन्दुमा झरेको छ ।

सेयर बजार दुई दिनमा झन्डै ८० अङ्कले घटेको हो । आज फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको सेयर झन्डै साढे २ प्रतिशतले ओरालो लागेको छ ।

आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन ट्रेड टावर र नेपाल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १६ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका ३ करोड ६८ लाख कित्ता शेयर १५ अर्ब ९८ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार