काठमाडौं, १४ साउन । समाजवादी मोर्चाको संयोजकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द्र विप्लव दोहोरिएका छन् ।
मंगलबार नेकपा (समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगर, काठमाडौंमा भएको बैठकमा प्रचण्डको प्रस्ताव अनुसार विप्लव मोर्चाको संयोजकमा दोहोरिएका हुन् ।
मंगलबारकै बैठकले समाजवादी मोर्चामार्फत सातै प्रदेशमा कार्यक्रम गर्ने निर्णय गरेको छ । मोर्चाको सचिवालयले थप कार्यक्रम तय गर्नेछ । ती कार्यक्रम सरकारलाई खबरदारी गर्नेमा केन्द्रित हुने जनाइएको छ ।
समाजवादी मोर्चा ४ असार २०८० सालमा गठन भएको थियो । त्यसबेला मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि थियो । हाल जसपा मोर्चामा सहभागी छैन । मोर्चा गठन हुँदा नै मोर्चाको नेतृत्व आलोपालो गर्ने र ६÷६ महिनामा नेतृत्व बदल्ने सहमति भएको थियो ।
त्यसअनुसार माओवादी केन्द्रको पालो आएता पनि प्रचण्डले विप्लवलाइ नै नेतृत्वमा दोहोर्याउने प्रस्ताव गरेपछि उनी संयोजकमा दोहोरिएका हुन् ।