शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एनआरएनए थाइल्याण्डको अध्यक्षमा महेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित

मंगलबार, साउन १३ २०८२

काठमाडौंं, १३ साउन । ३० वर्षदेखि थाइल्याण्ड बस्दै आएका महेन्द्र श्रेष्ठ गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

राष्ट्रिय समन्वय परिषद (एनसिसी) थाइल्याण्डको १२ औं राष्ट्रिय अधिवेशनबाट श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वसम्मतिले चयन भएको हो।

श्रेष्ठ नेतृत्वको कार्यसमितिमा कान्छा गुरूङ (गाबो) वरिष्ठ उपाध्यक्ष चयन भए भने भने तीन जना उपाध्यक्षमा राजु बलामी, सारसिङ गुरूङ र आतिश कृष्ण श्रेष्ठ चुनिए । त्यस्तै महासचिवमा निरज वैद्य निर्वाचित भए ।

सचिवहरूमा राज बहादुर साउँद र भूषण सिंह नेपाली छन्। कोषाध्यक्षमा अमृत कुमार श्रेष्ठ निर्वाचित भएका छन् भने महिला संयोजक मेघा बजाज छन्।

त्यस्तै सदस्यहरूमा टेक सिंह भाट, मनोज अर्याल, योगेन्द्र क्षेत्री, सुरेन्द्र रानाभाट र अतित कोइराला छन्।

अधिवेशनले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समिति ९आइसिसी० केन्द्रीय सदस्यमा भविन्द्र बस्नेतलाई सर्वसम्मतिले चयन भएका छन्।

उमेद कुमार पुन सेरपुन्ज निर्वाचन संयोजक तथा सदस्यहरू शारदा न्यौपाने, भारती लिम्बुनी, जमिला कायस्ता र बेनी माधव लेखक सहितको निर्वाचन समितिले निर्विरोध कार्यसमिति बनाउन सफल भएको निवर्तमान अध्यक्ष भविन्द्र बस्नेतले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार