सामान्य विषयमा बोल्न समेत सांसदहरूले आकस्मिक समय माग गरेपछि सभामुख देवराज घिमिरेले रूलिङ गरेका छन् ।कस्तो विषयमा आकस्मिक समय प्रयोग गर्ने भन्नेबारे सभामुखले सांसदहरूको ध्यानाकर्षण गराएका हुन् ।
बिहीबारको बैठकमा नेकपा एसका प्रकाश ज्वालाले बोलेपछि सभामुखले ध्यानाकर्षण गराएका हुन् । त्यसअघि प्रमुख दलका सांसदहरूले बोलेका थिए ।‘हाम्रो नियमावलीले आकस्मिक समयको व्यवस्था गरेको छ । ६ वटा अधिवेशनमा प्रयोग गरेका छौं । तर, कस्तो विषयमा आकस्मिक समय प्रयोग गर्ने भन्ने विषयमा ध्यानाकर्षण गराउँछु’, उनले भने ।
तत्काल उठाउनु पर्ने जरूरी विषयमा बोल्नका लागि आकस्मिक समयको व्यवस्था गरिएको छ । आकस्मिक समयमा बोल्नका लागि सभामुखले २ मिनेटको समय दिँदै आएका छन् ।