शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

ओलीकृत उपन्यास अटेलिस जोइको लोकार्पण

शनिबार, साउन ३ २०८२

काठमाडौं(जस)– साहित्यकार शोभाराम ओली द्वारा लिखित उपन्यास “अटेलिस जोइ”को लोकार्पण तथा विमोचन कार्यक्रम सम्पन्न भएको छ । 

नवोदित साहित्यिक वाचनालय कतारले आफ्नो सत्रौँ अधिवेशन, नवोदित कृति अवार्ड र कृति विमोचनसहित अनेसास नवोदितको  १६० औ वाचन डबली शुक्रबार कतारको गोरखाली रेस्टुरेन्टको सभाहलमा  शु-सम्पन्न गरेको छ ।

नवोदित वाचनालय कतारका अध्यक्ष सन्दीप थपलिया ‘सानु’को सभाध्यक्षता तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतमा शोभाराम ओलीद्वारा लिखित छैटौं   उपन्यासको विमोचन तथा उपन्यास लोकार्पण   भएको हो । 

श्रमको खोजीमा कतार आइपुगेका शोभाराम ओली रोल्पा जिल्ला साविक परिवर्तन   गाउँपालिका वडा नं. २ का बासिन्दा हुन् । आई एड सम्मको अध्ययन गरेका ओलीका अधुरो जीवन (उपन्यास २०६२), परदेशमा व्यथित मन (गजल संग्रह २०७४), परदेशी सपना (मुक्तक संग्रह २०७५) अथाह(बाछिटा संग्रह २०७९) र सुलभ (उपन्यास २०८०) यसअघि नै प्रकाशित भइ सकेका छन् ।

आफू कतारमा बसिरहँदा आफुले आफ्ना वरिपरि देखेका प्रेम कहानीलाई शब्दमा उनेर परदेशमा  प्रेममा परेकाहरूको जीवनमा आधारित  कथा लेखेको बताएका छन् । 

नवकृत उपन्यास `अटेलिस जोइ´को समालोचना र समिक्षा सिताराम थापा र खेमराज सुवेदीले गर्दै पुस्तक पठनिय रहेको र श्रम गर्न परदेशीएका नेपालीहरुको   जीवनशैलीसँग  मेल खाने बताएका थिए  । 

पुस्तक लेखन कार्यका लागि कथा खोज्न कहिँ जानुनपर्ने भन्दै समिक्षक थापाले आफ्ना वरिपरि देखे भोगेका बिसयबस्तुलाई समेट्न सके मात्रैपनि  कथाले पुस्तकको रुप लिने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार