शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

‘चमेलीको पोई’ को कमेडी फस्र्टलुक

बुधबार, असार ३२ २०८२

काठमाडौं(जस)–चलचित्र ‘चमेलीको पोई’ को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले रामनवमीको अवसर पारेर चैत १३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ । बुधवार नारायणथानमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको तीन डिजाईनका पोस्टर सार्वजनिक गरेको हो । तीन मध्ये एकमा अभिनेत्री सुरक्षा पन्तले अभिनेता मुकुन भुसालको खुट्टा तान्दै गरेकी छन् । अर्को एक पोस्टरमा सुरक्षाले बन्दुक भिरेकी छन् भने मुकुनले एक हातमा ठेकी र अर्को हातमा गुलावको फूल लिएका छन् । अर्को एक पोस्टरमा भने चलचित्रका सबै जसो कलाकार अटाएका छन् । सोही पोस्टरमा मुकुनले सुरक्षाको गोडा मिच्दै गरेको देखिन्छ । पोस्टरहरुले चलचित्र कमेडी र सस्पेन्सले भरिएको लाग्दछ ।
एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको चलचित्रमा मुकुन, सुरक्षाका साथमा नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, प्रेम देव गिरी, राम नारायण उपाध्याय, गणेश गौतम, अंसु महर्जन, बबिन राई, खड्गबहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, मिना आरएल शाही, रितु मल्ल ठकुरीलगायतले अभिनय गरेका छन् । चलचित्रको पटकथा र संवाद शिवम् अधिकारीले लेखेका हुन् ।
धन लक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा बनेको चलचित्रमा सुनिता सापकोटा र राम नारायण उपाध्यायले लगानी गरेका छन्। उदय विक्रम राणा र रितु मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रको लाइन प्रोड्युसर धनकुमारी श्रेष्ठ बोहरा रहेका छन्। चलचित्रको सह निर्मातामा यम ओली,सुदिप कुँवर,सुमित्रा थापा,नारायण त्रिपाठी,कपिल आचार्य, प्रदिपकुमार सापकोटा छन् । शेर बहादुर तामाङले छायांकन गरेको चलचित्रमा बन्दे साह र सुजन वडालको सम्पादन, राजनराज सिवाकोटीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको एक्सन छ । चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार