राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घुस प्रकरणमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको राजीनामाले मात्र नपुग्ने बताएको छ ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर रास्वपाका शिव नेपालीले मन्त्रीले राजीनामा दिएर मात्र नपुग्ने बताएका हुन् ।
‘विवादमा परेका मन्त्रीले राजीनामा दिएको समाचार बाहिर आएको छ । अरु मन्त्री पनि पोलिएका छन्, दोषी उपर कारबाही होस्,’ सांसद नेपालीले भने ।