शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सिटिजन्स बैंककी संचालक इला शर्माको निधन

आइतबार, असार २९ २०८२

काठमाडौं(जस)–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको समितिको सदस्य इला शर्माको करीब ६० बर्षको उमेरमा मिति २०८२÷०३÷२८ गतेकोदिन हृदयाघातका कारण असमायिक निधन भएको छ । शर्माको स्वास्थमा असजमहशुस भएपछि नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । शर्मा विगत १ बर्ष देखि सिटिजन्स बैंकको समिति सदस्यमा रहेकि थिइन । कानुनमा विशेष अनुभव सँगालेकी शर्मा पूर्वनिर्वाचन आयुक्तहुनु थिइन् । उनले त्रिभुवन विश्वविद्यालय बाट पब्लिक इन्टरनेसनल ल एन्ड ह्यूमन राइट्समा एलएलएम गरेकी थिइन् । साथै युनिभर्सिटी अफहल युकेबाट पनि इन्टरनेसनल विजनेस ल, इन्टरनेसनल ट्रेड एन्ड डिभेलपमेन्टमा एलएलएम गरेकी थिइन् ।
उनी संग अन्तराष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशककाम गरेको अनुभव थियो । निर्वाचन सम्बन्धीकानुन, नियमावली र निर्देशनमा संलग्न उनी उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्षसमेत रहेकी थिइन् । उहाँको पार्थिक शरीरमा आज पशुपतिको आर्यघाटमा बैंकको अध्यक्ष प्रबलजंग पाण्डे, संचालक दिग्विजय विष्ट, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेल लगायतका बैंकका व्यवस्थापन समुहहरु बैंकको शेयरधनी र कर्मचारीहरुले पुष्पमालाअर्पण गरि अन्तिम बिधाई गरेको छ ।उनको असमायिक निधनले सिटिजन्स बैंक परिवार स्तब्धभएको छ र बैंकलाई अपूरणीय क्षति पु¥याएको छ । उनको आत्माको चिर शान्तिको कामना र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।

प्रतिक्रिया
सम्बन्धित समाचार