शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

शेखर कोइराला समूहको बैठक जारी

बिहिबार, असार २६ २०८२

काठमाडौं, २६ असार । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहमा आबद्ध नेताहरूको बैठक बोलाएका छन् ।

बैठक बिहान ८ बजे देखि कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसिरहेको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिले केही नेतालाई २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेपछि छलफलका लागि कोइरालाले आज बैठक बोलाएका हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार