आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कञ्चनपुरमा जङ्गली च्याउ खाँदा दुई जना बिरामी

बुधबार, असार २५ २०८२

कञ्चनपुर, २५ असार। कञ्चनपुरमा जङ्गली च्याउ खाँदा दुई जना बिरामी परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणिमा जङ्गली च्याउ खाँदा आमा छोरी बिरामी परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, जङ्गलबाट ल्याएको च्याउँ खाँदा देवा देवी चौधरी र उहाँकी १८ वर्षीया छोरी सङ्गीता चौधरी बिरामी भएका हुन् ।

विषालु च्याउ खाँदा बिरामी भएका उनीहरुको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए। उनीहरुको अवस्था सामान्य रहेको प्रनाउ बोहराले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार