सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार

मंगलबार, असार २४ २०८२

नुवाकोट, २४ असार । नुवाकोटको त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

विदुर नगरपालिका १, इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा फसेका विदुर नगरपालिका १ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मंगली तामाङको उद्धार गरिएको हो ।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंका अनुसार सोमबारदेखि फसेका तामाङ दम्पतिको नेपाली सेनाको हेलिकोप्टरमार्फत मंगलबार बिहान उद्धार गरिएको हो ।

घाँसदाउरा गर्न गएका उनीहरू त्रिशूली नदीमा बाढी आएपछि फसेका थिए । नदीमा बाढी आएपछि उनीहरू सोमबारदेखि नै रुखमा चढेर बसेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार