नेपालमा पछिल्लो सयम क्रिकेट खेलप्रतिको क्रेज ह्वातै बढेको छ । नेपाली क्रिकेट खेलाडीहरुले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाएर नेपालको शान उच्चो पार्ने काम गरिरहेका छन् । त्यसोतः नेपाललाई उपाधी जिताउन मार्शल आर्ट अन्तर्गका खेलहरु पनि अहिले उत्तिकै अग्रसर छन् । विद्यालय बिदा हुँदा युवा विद्यार्थीहरु अहिले हातमा ब्याट र बल बोकेर खुल्ला चौरमा खेलिरहेको, अभ्यास गरिररहेको देख्न सकिन्छ । खेलकुलाई सरकारले स्वस्थ नागरिक उत्पान गर्ने क्षेत्र मात्र नभई देशको प्रतिष्ठा, शान र मान विश्वसामू उच्च बनाउने एक धारिलो अस्त्रका रुपमासमेत ग्रहण गरेकैले आर्थिक वर्ष २०८२/८३को बजेट बृद्धि गरेको छ ।
पछिल्लो समय नेपालले एसिसी पुरुष यु—१६ इस्टजोन कप क्रिकेटमा जित हात पार्दै नेपालको गौरव विश्वसामू बढाएको छ । गत शनिवार सम्पन्न खेलमा नेपालले सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उक्त उपाधि जितेको थियो । ‘गौतम बुद्धको देश’ र ‘सगरमाथाको देश’ भनेर विश्वमा चिनिएको हाम्रो देश नेपाल बिस्तारै ‘क्रिकेटरहरु उत्पादन गर्ने देश’ भनेर पनि चिनिन थालेको छ । यो देश तथा विदेशमा रहेका सबै नेपालीहरुले गौरव गर्नुपर्ने विषय हो ।
सोही प्रतियोगिताका बिजेता खेलाडीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सामबार राष्ट्रपतिको सरकारी निवास सितल निवासमा स्वागत गर्दै बधाईसमेत दिएका छन् । नेपालको शान विश्वसामू चिनाउने यस्ता खेलाडीहरुलाई राज्यले उचित पुरस्कार र सम्मान त गर्नुपर्छ नै दक्ष खेलाडी उत्पादनमा सरकार, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ ९क्यन०को ध्यान जान जरुरी छ ।
नेपालीहरुमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरुले पाएको सफलता प्रशंसनीय छ । विश्वले रुचाएका र लोकप्रिय भनिएका क्रिकेट, फुटबल, भलिबल मात्र होइन, नेपालका परम्परागत खेललाई पनि परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सके देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने छ । त्यसका लागि देशभित्र खेलकुदका पूर्वाधार निर्माण गर्ने प्रतियोगिता र प्रशिक्षण बढाउने, खेलाडीलाई उचित पुरस्कार दिने गर्नाले देश, विदेशमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष खेलाडी उत्पादन हुने थिए ।
नेपालमा अझै पनि धेरैजसो अभिभावकहरुले आफ्ना छोरा छोरीहरुलाई खेलकुदप्रति अभिप्रेरित गराउँन चाहँदैनन् । खेल खेल्दा पढाई बिग्रन्छ, भविष्य बिग्रन्छ भन्ने धेरै अभिभावकहरुको सोचाई छ । खेल स्वस्थ नागरिक उत्पादन गर्ने क्षेत्र भएकाले खेलप्रति बालबालिकाहरुले पनि रुची राख्ने गर्नुपर्छ । हाम्रा विद्यालय तहका पाठ्याक्रमहरुमा नेपालका र विश्वका बिभिन्न खेलका चर्चित एवम् कीर्तिमान खेलाडीहरुको जीवनी अझ धेरै समेट्ने हो भने उनीहरुको जीवनीबाट बालबालिकाहरु अभिपे्ररित भई दक्ष खेलाडी बन्न सक्ने थिए । यसतर्फ सबै सरोकारवाला निकायहरुको ध्यान जान जरुरी छ ।