सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गृहमन्त्री लेखक र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता

सोमबार, असार २३ २०८२

काठमाडौं २३ असार । गृहमन्त्री रमेश लेखक र स्वीट्जरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसबीच सोमबार भेटवार्ता भएको छ ।

परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सँहालेका गृहमन्त्री लेखकसित स्वीट्जरल्याण्डका विदेशमन्त्री क्यासिस सहितको प्रतिनिधि मण्डलले सोमबार भेटवार्ता गरेको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।

भेटमा गृहमन्त्री लेखकले दुई देशबिचको मित्रवत् सम्बन्ध,नेपालको विकास निमार्ण र शान्ती प्रक्रियामा स्वीट्जरल्याण्डको सहयोगको प्रशंसा गरेको उनले बताए । “भेटमा दुई देशको विकास, आर्थिक मुद्धाहरुमा साझेदारी गर्ने लगायतका विषयमा कुराकानी भएको छ ।” प्रवक्ता तिवारीले भने–“जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनमा सझेदारी गर्ने लगायतका भएको छ ।” भेटका क्रममा अन्य दुई पक्षिय चासोका विषयमा समेत छलफल भएको उनको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार